०७ असार २०८३, आइतबार

अफगानिस्तानबाट आधा रातमा हिँडे अन्तिम अमेरिकी सैनिक, तालिबानले मनायो उत्सव

भदौ १५, २०७८
अफगानिस्तानबाट आधा रातमा हिँडे अन्तिम अमेरिकी सैनिक, तालिबानले मनायो उत्सव

अफगानिस्तानमा २० वर्षसम्म सैन्य उपस्थिति कायम गरेको अमेरिका सोमवार मध्यरातदेखि पूरै हटेको छ । 

काबुल विमानस्थलबाट अन्तिम अमेरिकी सैनिक उडेपछि तालिबानले खुशियाली मनाएका छन् । कतारमा रहेका तालिबानका प्रवक्ता सुहैल शाहीनले देश पूर्ण रूपमा स्वतन्त्र भएको भन्दै अफगानहरूलाई बधाई दिएका छन् । 

तालिबानले देशमा उत्सव मनाउँदै गर्दा काबुलका सडकहरू सुनसान छन् । अलजजीराको रिपोर्टअनुसार, तालिबानका लागि यो ऐतिहासिक जीत हो । 

अफगानिस्तानमा विदेशी सैनिकको उपस्थिति सार्वभौमसत्ताको विरुद्ध रहेको भन्दै तालिबानले बयान दिँदै आएको छ । 

अमेरिकी सैनिकहरू गएपछि अब तालिबानसमक्ष अफगानिस्तानको पुनर्निर्माणको ठूलो जिम्मेवारी छ । 

तालिबानले सबै पक्षलाई समावेश गरेर कार्यकारी सरकार बनाउने घोषणा गरेको छ । त्यसमा अल्पसंख्यकहरूलाई पनि समावेश गरिने बताइएको छ । 

अफगानिस्तानमा लगभग २० वर्ष बस्दा २४ सय ६१ अमेरिकी सैनिक मारिएका छन् । जाँदै गर्दा पनि उनीहरू आईएसकेपीको आत्मघाती आक्रमणमा परेर मारिए । 

अमेरिकी सैनिक पूरै हट्नका लागि अगस्ट ३१ को म्याद दिइएको थियो । तर त्यसअगावै अन्तिम अमेरिकी सैनिक पनि हिँडे । 
 

salt training

कमेन्ट गर्नुहोस्