
नेकपा एकीकृत समाजवादले सांसदलाई होटलमा राखेर बन्धक बनाएको आरोप लागेपछि (एस)मा खुलेका सांसदहरु होटल छाडेका छन् ।
सत्तापक्ष एमालेले एकीकृत समाजवादीले सांसदहरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउदै आएको थियो ।
समाजवादीमा लागेका १० सासंदहरूले हिजो साँझ होटल छाडेका हुन् ।
होटलमा बस्दा बिभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एस)का केन्द्रिय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्र राईले बताए ।
उनले आफु इटहरीमा रहेको र केहि अन्य केहि मान्य सदस्यहरु धरान तिर गएको राईले बताए ।
‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ,’ राईले भने,‘होटलमा बस्दा विभिन्न कुरा सुनेपछि होटल छाडेका हौँ ।’
अहिले सम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् ।
राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।
मंगलवार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीति अनुसार उनीहरु होटलमा बसेका थिए ।
मंगलवार झापा मोरङ सुनसरी जिल्लामा रथ तान्ने छुट्टी प्रदेश सरकारले दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।