२१ जेठ २०८३, बिहीबार

जीपी अस्पताललाई शववाहन प्रदान

भदौ १५, २०७८
जीपी अस्पताललाई शववाहन प्रदान
फाइल तस्वीर

सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ ।

प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् ।

प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरे ।

 जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए ।

शव वाहनको अभावमा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि यस कम्पनीसँग  सहयोग माग गरिएको थियो भन्दै प्रजिअ आचार्यले यसबाट  जिल्लाका १० वटै पालिकाकालाई सहज हुने बताए । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले शव वाहन नहुँदा जिल्लावासीले कठिनाइ भोग्नु परेको अवस्थामा आउँदा दिनमा सहज हुने  चर्चा गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्