०८ साउन २०८३, शुक्रबार

माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय

माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय

संघीय संसद सचिवालयले नेकपा एकीकृत समाजवादी पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको छ ।

संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा समाजवादीलाई दलको कार्यालय उपलव्ध गराइएको हो ।

भदौ २ गते नेकपा एमालेबाट अलग भई माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।

निर्वाचन आयोगले भदौ ९ मा आधिकारिकता दिएसँगै संसद सचिवालयले नेता नेपालको पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको हो ।

आइतवार बसेको सो पार्टीको संसदीय दलको बैठकले माधव नेपाललाई संसदीय दलको नेता चयन गरेको थियो ।

संसद सचिवालयको १ नम्बर भवनको पहिलो तलामा माधव नेपाल संसदीय दलको नेता भन्ने नेमप्लेट राखिएको छ । 

माधव नेपालको पार्टीमा प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभाका ७ सांसद छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्