×

NIC ASIA

संक्रमणकालीन मुद्दा टुंग्याउन गोविन्द बन्दीलाई मन्त्री बनाउने गठबन्धनको तयारी !

भदौ १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

संक्रमणकालीन न्यायको विषयमा काम गर्दै आएका अधिवक्ता गोविन्द बन्दीलाई माओवादी सशस्त्र द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन मन्त्री बनाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छ । 

Muktinath Bank

नेकपा (एकीकृत समाजवादी)को कोटाबाट उनलाई मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै बन्दीलाई संक्रमणकालीन मुद्दाको टुंगो लगाउने गरी जिम्मा दिनेबारे देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालीबीच सहमति भएको हो,’ नेता नेपाल निकट एक नेताले लोकान्तरसँग भने, ‘अहिले फेरि मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ ।’ 


Advertisment
Nabil box
Kumari

माधव नेपालको नयाँ पार्टी नबन्दै बन्दीलाई मन्त्री बनाउने कुरा भएको थियो । विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गर्ने गरेको काम सम्पन्न गर्न बन्दीलाई जिम्मेवारी दिने कुरा भएको नेपाल पक्षीय ती नेताले लोकान्तरलाई बताए । 

Vianet communication

देउवा प्रधानमन्त्री बनेलगत्तै गठबन्धन सरकारले सार्वजनिक गरेको सरकारका न्यूनतम साझा कार्यक्रममा शान्ति प्रक्रियाका अधूरा काम पूरा गर्ने उल्लेख छ । ‘उहाँको क्षमतालाई प्रयोग गरेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने गरी कुनै जिम्मेवारी दिने तयारी छ, तर मन्त्री या अरू के भन्ने टुंगिन बाँकी छ,’ माओवादी केन्द्र निकट स्रोतले भन्यो । 

अहिलेका कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिएर कानूनमा बन्दीलाई लैजाने विषयमा समेत छलफल भएको स्रोतले बतायो । 

संक्रमणकालीन न्यायको विषय विज्ञ भएकोले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मा दिन लागिएको स्रोतले बताएको छ । माओवादी अध्यक्ष प्रचण्डसँगै संक्रमणकालीन न्याय टुंगाउने विषयमा प्रधानमन्त्री देउवाले चासो देखाएका छन् ।

सत्य निरुपण आयोग र बेपत्ता व्यक्तिको छानविन आयोग गठन भएको वर्षौं बितिसक्दा पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकेको छैन । अध्यादेशबाट दुई आयोगको कार्यकाल थप गर्ने बाहेक काम भएको छैन । 

दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनमा अधिवक्ता बन्दीले कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका प्रत्यासी देउवाको तर्फबाट सर्वोच्च अदालतमा बहस गरेका थिए । 

शुरूमा गठन गरिएको संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश रहनुपर्ने भन्दै उनले इजलासमा प्रश्न उठाएपछि संवैधानिक इजलास पुनर्गठन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x