
मंगलवार शेयर बजारमा ठूलो गिरावट आएको छ।
यस दिन नेप्से परिसूचक ६९.५ अंकले घट्दै २९७५.८४ विन्दुमा झरेको छ ।
यस दिन २२७ कम्पनीको दुई करोड ३१ लाख कित्ता सेयर १३ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।
यस दिन कर्णाली विकास बैंकको सेयर मूल्य सर्वाधिक ७ प्रतिशतले बढेको छ। मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने रुरु जलविद्युत कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशत र हिमालयन ऊर्जा विकासको सेयर मूल्य ६ प्रतिशतले घटेको छ।
मंगलवार सबै उपसमूह रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह ४१५ अंकले घटेको छ।
निर्जीवन बीमा समूह ३२२ अंक, विकास बैंक समूह २११ अंक, उत्पादन समूह १७६ अंक, माइक्रोफाइनान्स १६८ अंक, जलविद्युत समूह १२५ अंक, फाइनान्स समूह ११६ अंक र व्यापार समूह १०६ अंकले घटेको छ।
अन्य उपसमूह पनि २३ देखि ६४ अंक सम्मू घटेका छन्। लगानी र म्युचअल फण्ड मात्रै सामान्य घटेका छन्।
यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक एक अर्ब एक करोड रुपैयाँको कारोबार भएको छ।
मंगलबार म्युचुअल फण्ड सहित २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा २०० कम्पनीको सेयर मूल्य घटेको छ। मूल्य बढ्नेमा १४ वटा कम्पनी मात्रै रहेका छन्।