०२ असार २०८३, मंगलबार

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

भदौ १५, २०७८
साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

साउदी अरबमा रहेको एक विमानस्थलमा ड्रोन आक्रमण भएको छ । त्यसमा परी आठजना गम्भीर घाइते भएका छन् । 

एक यात्रुवाहक विमानमा पनि क्षति पुगेको छ । 

साउदीको सरकारी सञ्चारमाध्यममा आएको खबरअनुसार, यमनका हूती विद्रोहीहरूले विमानस्थललाई तारो बनाएका हुन् । 

कसैले पनि आक्रमणको जिम्मेवारी लिइसकेको छैन । तर यो काम हूतीहरूको भएको बताइएको छ । 

यमनमा इरान समर्थित शिया विद्रोहीहरूसँग लड्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणको बारेमा विस्तृत जानकारी दिएको छैन । अनि हताहतको बारेमा पनि बताएको छैन । सुरक्षाबलहरूले विस्फोटक ड्रोन रोकेको मात्र उसले जानकारी दिएको छ । 

सन् २०१५ देखि साउदी नेतृत्वको सैन्य गठबन्धनसँग यमनका हूती विद्रोहीहरूको भिडन्त चलिरहेको छ । हूतीहरूले साउदीको सैन्य प्रतिष्ठानलाई तारो बनाएका छन् । 

विद्रोहीहरूले साउदीका विमानस्थल र तेलखानीमा समेत आक्रमण गर्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्