०४ साउन २०८३, सोमबार

तालिबान र प्रतिकार लडाकूबीच पंजशिरमा भीषण भिडन्त जारी

भदौ १६, २०७८
तालिबान र प्रतिकार लडाकूबीच पंजशिरमा भीषण भिडन्त जारी

तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ । 

यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् । 

सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो । 

प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्षका लडाकू घाइते भएको अनि आठजना तालिबान लडाकूको मृत्यु भएको उनले जानकारी दिए । 

आइतवार तालिबानले पंजशिरमा इन्टरनेट सेवा अवरुद्ध गरेका थिए । पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले ट्विटरमा सन्देश नदिऊन् भनी तालिबानले इन्टरनेटका पोल ढलाइदिएका हुन् । 

तालिबानको नियन्त्रणमा नपुगेको एक मात्र प्रान्त पंजशिर हो । 
 

salt training

कमेन्ट गर्नुहोस्