२९ असार २०८३, सोमबार

न्यायाधीश कार्कीले हेर्न नमिलेपछि फेरि पन्छाइयो सभामुखविरुद्धको फौजदारी मुद्दा

न्यायाधीश कार्कीले हेर्न नमिलेपछि फेरि पन्छाइयो सभामुखविरुद्धको फौजदारी मुद्दा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको फौजदारी अभियोगसम्बन्धी मुद्दा संवैधानिक इजलासले आज पनि हेर्न नमिल्ने भनेर पन्छाएको छ । 

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण सापकोटाविरुद्धको मुद्दा हेर्न नमिलेको हो ।

सापकोटाले अदालतको अवहेलना गरेको भनी मानवअधिकारकर्मी सुशील प्याकुरेलले हालेको मुद्दाको पक्षमा कार्की वकिल रहँदा बहस गरेका थिए । सोही कारण अहिले कार्कीले सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने अदालतको भनाइ छ । 

अहिले सभामुख सापकोटाविरुद्धका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको थियो ।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामालाई अपहरण गरेपछि हत्या गरेको र त्यसमा सभामुख सापकोटा संलग्न रहेको भन्दै लामाकी श्रीमती पूर्णिमा लामाले २०६८ सालमा मुद्दा दर्ता गरेकी थिइन् । 

सापकोटाविरुद्धको फौजदारी अभियोगको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन अवस्थामा छ । 

salt training

कमेन्ट गर्नुहोस्