०३ असार २०८३, बुधबार

काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सांकेतिक रूपमा मात्रै निषेधाज्ञा जारी राखेपछि पार्टी प्यालेसहरू पूर्ववत् अवस्थामा सञ्चालनमा आउन पाउने भएका छन् । 

कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको थियो । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज नयाँ सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनलाई ‘निषेध गरिएको गतिविधि’बाट हटाएको छ । 

यससँगै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पूल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशाला आदि सञ्चालमा आउने भएका छन् । 

अब धार्मिक तथा सांस्कृतिक गतिविधि पनि सञ्चालन हुन पाउने छन् । यसअघि पुजारीबाट हुने नित्य पूजा बाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न रोक लगाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्