३२ असार २०८३, बिहीबार

अल्पमतमा परेपछि मुख्यमन्त्री आचार्यको प्रतिक्रिया- राजीनामा दिन्नँ, संसद् 'फेस' गर्छु

अल्पमतमा परेपछि मुख्यमन्त्री आचार्यको प्रतिक्रिया- राजीनामा दिन्नँ, संसद् 'फेस' गर्छु

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद् ‘फेस’ गर्ने भएका छन् । 

नेकपा एमालेका १० सांसदले आज नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा परेका छन् । 

उनले राजीनामा नदिई विश्वासको मत लिने बताएका छन् । ‘यो सरकार काम गर्न बनेको हो, कुर्सी ओगट्न होइन,’ उनले भने, ‘जनताको काम गर्छौं भनेर आएका जनप्रतिनिधिहरूले विश्वासको मत दिनेछन् ।’

दलबाट अलग भएका सांसदहरूप्रति आचार्यले उनीहरूले आफ्नो अधिकार प्रयोग गरेको जवाफ दिएका छन् । 

प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमा एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् । 

एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन कीर्ते मुद्दामा उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार छिन् । उनी निलम्बित अवस्थामा रहेकाले मताधिकार छैन तर बहुमत भने उनीसहितको संख्या ९२ मा पुष्टि गर्नुपर्ने हुन्छ ।

एमालेमा बाँकी रहेका ५० सांसदमध्ये सभामुखसँग निर्णायक अवस्थामा बाहेक मताधिकार हुँदैन । सोही कारण विभाजनअघि एमालेमा मताधिकार प्राप्त सांसद ४९ रहेकोमा १० जना घट्दा ३९ मा सीमित भएको छ । 

बहुमतका लागि ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्