१६ असार २०८३, मंगलबार

गेट कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंकले सहुलियत दरमा शैक्षिक कर्जा दिने

गेट कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंकले सहुलियत दरमा शैक्षिक कर्जा दिने

 प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का बीच एक सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले हस्ताक्षर गरेका छन् । 

होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

 यो शैक्षिक कर्जा सुविधा कम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्