२१ जेठ २०८३, बिहीबार

पौडेल पक्षले जुटाउन सकेन एकल उम्मेदवारमा सहमति, पौडेलले भने- एकपटक मलाई छाड्दिनुस्

पौडेल पक्षले जुटाउन सकेन एकल उम्मेदवारमा सहमति, पौडेलले भने- एकपटक मलाई छाड्दिनुस्

कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट एकल उम्मेदवार तय गर्न बसेको रामचन्द्र पौडेल पक्षको बैठक निष्कर्षविहीन भएको छ । 

बत्तिसपुतलीस्थित अनुप फुडल्याण्डमा भएको नेताहरूबीचको वार्तामा सहमति जुट्न नसकेको नेता सुजाता कोइरालाले बताइन् । 

दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा दाबी गरेका प्रकाशमान सिंहबाहेक सबै नेताहरू सहभागी भएका थिए ।

छलफलमा सभापतिका आकांक्षी नेताहरूलाई रामचन्द्र पौडेलले एक पटक आफूलाई सभापति बन्ने मौका दिन भनेका थिए । पौडेलले छलफलमा भनेका थिए, ‘एकपटक छाडिदिनुस्, तपाईंहरुलाई एडजस्ट गर्न सकिन्छ ।’

पौडेल समूहबाट शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् । 

एकल उम्मेदवारी तय गर्न छलफल गरेको भए पनि सहमति नजुटेको सुजाता कोइरालाको भनाइ छ ।

‘हामी एकताको सन्देश दिने गरी नै छलफलमा बसिरहेका छौं । आज सहमति नभए पनि फेरि बसेर छलफल गरेर एक भएर नै अघि बढ्छौँ,’ कोइरालाले भनिन् । 

छलफलमा सहभागी नेता बलबहादुर केसीले भने सकारात्मक ढंगले छलफल अघि बढेको बताए ।

भदौ १८ मा वडा अधिवेशन शुरू हुनु अघि नै पौडेल पक्षले सभापतिको उम्मेदवार तय गर्ने प्रयास गरेको छ । 

कांग्रेसका वरिष्ठ नेता रहेका रामचन्द्र पौडेलले भने आफ्नो समूहमा सर्वसम्मत भए मात्रै आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्