२६ जेठ २०८३, मंगलबार

गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु

भदौ १६, २०७८
गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

पश्चिम चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेका इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई बुधवार दिउँसो २ः३० बजे गैंडाले आक्रमण गरेको थियो । 

गैंडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः२५ बजे मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्