०२ असार २०८३, मंगलबार

स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्

भदौ १७, २०७८
स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्


सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्