×

NMB BANK
NIC ASIA

अमेरिकाको पछि लागेर भारतको दुर्गति, तालिबानलाई मान्यता नदिँदा झन् बिग्रन्छ कुरा

भदौ १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा तालिबानले सत्ता हात पार्नु कुनै आश्चर्यको कुरा हैन । यति छिटो सत्तामा आउला भन्ने अनुमान चाहिँ प्रायः कसैले पनि गरेका थिएनन् । 

Muktinath Bank

त्यस देशमा बसिरहने साहस अमेरिकाले गर्न सकेन । अशरफ गानी परिस्थिति खतरनाक बनेपछि देशबाट भागे । राष्ट्रिय सेनाले सजिलै घुँडा टेकिदियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको अर्बौं अर्ब डलर पानीमा बगे जस्तो भयो । कहिल्यै नटुंगिने यस युद्धमा अमेरिकाले पैसा सत्यानाश गरिदियो ।


Advertisment
Nabil box
Kumari

अब अमेरिका हिँडेपछि अफगानिस्तानमा के हुन्छ भन्ने चर्चा चल्दैछ । तालिबानले पश्चिमी शैलीको लोकतन्त्र त अपनाउँदैन । 

Vianet communication
Laxmi Bank

हैबतुल्ला अखुन्दजादा र अब्दुल गानी बारादरको कमान्डमा तालिबान नेतृत्वले अहिलेसम्म नरम दृष्टिकोण नै अपनाएको देखिन्छ । सबैलाई समावेश गर्ने सरकार र आममाफीको कुरा उसले गरेको छ ।

तर विपक्षी खेमा पनि बलियै छ । तालिबानमा धेरैजसो गिलजई समुदायका मानिस छन् । यस्तो अवस्थामा अन्य पश्तूनहरू ताजिक, बलूच र शिया हजारा लडाकूसँग सहकार्य गर्न सक्छन् । 

चीन, रुस, पाकिस्तान र भारतले तालिबान कतै अलकायदा, इस्लामिक स्टेट, लश्कर ए तैयबा र जैश ए मोहम्मदका मानिससँग हात मिलाउने त हैन भनी डर मानेका छन् । उनीहरूले कश्मीरमा समस्या चर्काउन सक्छन् र पाकिस्तानमा तहरीक ए तालिबान पाकिस्तानमार्फत उग्रवादलाई चर्काउन सक्छन् । 

भारतले अमेरिकाको पछि लागेर सोचविचार नगरी कदम अघि बढाएकाले अफगानिस्तानमा भूमिकाविहीन बन्नुपरेको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नोहित खासै देखेको छैन । त्यसैले भारत अमेरिकाको मुख ताकेर बस्नुभन्दा तत्कालै अघि बढेर इस्लामिक अमिरातलाई मान्यता दिनुपर्छ । 

मान्यता दिएपछि तालिबानले भारतप्रति कृतज्ञता व्यक्त गरेर भारतको हितलाई ध्यान दिनेछ । अनि पाकिस्तानले अफगानिस्तानको उपयोग गरेर भारतलाई कज्याउन पाउने छैन । 

बलिउड फिल्म तथा आईपीएलमा अफगान क्रिकेटरको उपस्थितिका कारण भारतको लोकप्रियता अफगानिस्तानमा छ । त्यहाँ पुनः प्रभाव कायम गर्न भारत सफल हुन पनि सक्छ । 

बरादर र अखुन्दजादाको अनुभवी जोडीलाई अमिरात प्रणाली बनाउनु एउटा कुरा अनि सरकार चलाउनु अर्को कुरा भएको थाहा छ । लोकतान्त्रिक भारतसँग जोडिँदा अफगान अमिरातको छवि पनि सुध्रिनेछ र संसारका अन्य देशबाट मान्यता पाउने बाटो पनि खुल्नेछ । 

भारतले अफगानिस्तानमा जरंज डेलारम हाईवे बनाउनका लागि पैसा दिएको थियो । त्यस हाइवेका कारण अफगानिस्तानको सुदूर क्षेत्रबाट अफिम इरानको सीमासम्म ल्याउन सहज भएको थियो । इरान सीमामा अफिमको प्रोसेसिङ युनिट छ । अफिम तस्करीबाट अफगानिस्तानको राजस्वलाई घाटा लागेको थियो । हाइवे बनेपछि उसको राजस्व बढेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x