काठमाडौं १ असार– निर्वाचन आयोगले असार १४ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन सार्न अस्वीकार गरेपछि सत्तारुढ दलहरु छलफलमा जुटेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर पाँच अन्तर्गत तराईका जिल्लामा चुनाव सार्न सत्तारुढ दलले गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको थियो । बिहीवार विहान भएको छलफलमा आयोगगले फेरिपनि चुनावको मिति सार्न नसकिने बताएको थियो ।
चुनाव मिति सार्न आयोग राजी नभएपछि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुई दलको छलफलपछि प्रधामनन्त्री शेरबहादुर देउवाले बिहीवार नै मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीसँग छलफलको तयारी गरेका कांग्रेसका एक नेताले बताए ।
बुधवार भएको छलफलमा राजपाले संविधान संशोधन विधेयक पारित नहुँदासम्म चुनावमा सहभागी नहुने र चुनाव हुनपनि नदिने बताएको थियो । प्रमुख तीन दलसहित राजपाको बैठकपनि आजै हुँदैछ ।