
एक महिलाका लागि आमा बनेको अनुभव अत्यन्तै सुखद हुन्छ र यो उनको जीवनको खास क्षण पनि हो । तर कुनै महिलाकी १२ वर्षीया छोरीले उनको डेलिभरी गराउँदा आमाका लागि यो क्षण साँच्चै भावुक हुन्छ ।

अमेरिकाको दक्षिणी राज्य मिसिसिपीका आमाछोरीलाई यो सुन्दर पल जिउने अवसर आयो । डेलिभरीको पूरा घटनाक्रम क्यामरामा कैद भयो र यसलाई सामाजिक सञ्जालमा खुबै शेयर गरियो ।
निकी स्मिथ नामक एक महिलाले एक हप्ताअघि यो पोस्ट फेसबूकमा हालेपछि यसलाई करोडौंले हेरिसकेका छन् ।
निकीले १२ वर्षीया जेसीको तस्वीर शेयर गर्दै बच्चीले आफ्नो भाइ जन्मेको आफ्नै आँखाले देखेको लेखिन् । त्यतिखेर बच्चीले आफ्नो भावनामाथि नियन्त्रण गर्न सकिनन् तर अचम्मको कुरा उनले बडो गजबले आमाको डेलिभरी गराइन् ।
जेसीकी आमाका अनुसार सानो भाइ जन्मँदा जेसी अपरेसन रूममा आउन चाहन्थिन् । र आमाबुवाले उनी सानी भएपनि अपरेसन थिएटरमा आउने मौका दिएका थिए ।
त्यसपछि जेसीले अपरेसन रूममा लगाउनुपर्ने ड्रेस लगाइन् । जेसीका पिता ज्याकले सम्पूर्ण घटनाक्रम क्यामरामा कैद गरे । अपरेसनका बेलामा डाक्टर वुल्फले सबै प्रक्रियालाई गाइड गरिरहेका थिए ।

बच्चा र आमाका बीच जोडिएको कोर्ड पनि जेसीले नै काटिन् । आफ्नो भाइलाई हातमा लिँदा जेसी अत्यन्त भावुक भइन् ।
एजेन्सी