०८ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा १८ वर्षपछिको ठूलो वर्ष

भदौ २२, २०७८
काठमाडौं उपत्यकामा १८ वर्षपछिको ठूलो वर्ष

मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड  भएअनुसार  राति  १२१.५  मिलिमिटर  वर्षा  भएको हो । १८  वर्षअघि  सन्  २००२  ज्ुलाई  २३  मा  काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको  जल  तथा  मौसम  विज्ञान  विभागस्थित  जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिइन् ।  पछिल्ला  वर्षहरूमा  बढीमा  ११५  मिलिमिटरसम्मको  भारी  वर्षा  काठमाडौँमा  रेकर्ड  भएको पाइएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्