काठमाडौं, १ असार –राजश्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणमणि शर्मालाई थप ७ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
राजश्व हिनामिनाको अभियोगमा अख्तियारले गत जेठ १९ गते शर्मालाई पक्राउ गरेको थियो । त्यसयता उनी अख्तियारको थुनामा रहेका छन् । बिहीवार अख्तियारले थुनामा राख्न तेस्रोपटक अनुमति दिएको हो । अख्तियारले उनीमाथिको अनुसन्धान भइरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस्:चुडामणि शंलग्न ११ सय फाईल अख्तियारको नियन्त्रणमा