१७ असार २०८३, बुधबार

विप्लव नेतृत्वको पार्टीले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

विप्लव नेतृत्वको पार्टीले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । 

पार्टीले विरोधका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । 

प्रवक्ता प्रकाण्डका अनुसार भदौ २३ गते सम्पूर्ण जिल्ला, स्थानीय तह र शहरहरूमा कोणसभा गर्ने, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता कागज सबै जिल्लाहरूमा जलाउने, २७ गते जिल्ला सदरमुकाम र शहरहरूमा सिटी जुलुस र ‘एमसीसी खारेज गरौँ’ लेखिएका बेलुन उडाउने र २८ गते काठमाडौंमा प्रदर्शनसहित सभा गरिनेछ । सो सभालाई विप्लवले सम्बोधन गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्