
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा हत्या भएका परिवारका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ ।
शवहरू बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए ।
सोमवार बिहान मृत भेटिएकामध्ये तेजबहादुर कार्की (५२) को शव घरको आँगनमा, श्रीमती मनमाया (५२) र बुहारी रन्जना (३२)को घर नजिकै रहेको खोल्सीमा भेटिएको थियो । तेजबहादुरकी आमा पार्वता (८४) को भने घरभित्र शव फेला परेको थियो । त्यस्तै नातिनातिना विपिन (८) र गोमा (५) को शव खेतमा भेटिएको थियो ।
एउटै घरमा सुतेका ७ जनामध्ये वृद्ध बौद्धमानबाहेक अन्य सबै मृत भेटिएका थिए । उनले कान कम सुन्ने र आँखा पनि कम देख्ने गरेको छिमेकीहरू बताउँछन् ।