०३ असार २०८३, बुधबार

एघार वर्षमै ट्र्याक्टर चलाए सुशान्तले

एघार वर्षमै ट्र्याक्टर चलाए सुशान्तले

खाने मुखलाई जुगाले छेक्दैन जस्तै काम गर्नलाई उमेरले छेक्दैन भन्ने एक ज्वलन्त उदाहरण दिएका छन् डोटीको जोरायल गाउँपालिका–२ रिठा गाउँका ११ वर्षीय बालक सुशान्त पाठकले । उनले ११ वर्षको नाबालक उमेरमा ट्र्याक्टर चलाएर सम्पूर्ण काम गर्न थालेका छन् ।

 सुरु सुरुमा घरमा आमा, बुबाले ट्र्याक्टर चलाउन त परै जाओस छुनसमेत नदिने गरेको भए पनि उनले लुकिछिपी ट्र्याक्टर चलाउने  गरेका थिए । अहिले सुशान्तले ट्र्याक्टर चलाउन सिकेपछि उनका बुबाले पनि कामका लागि ट्र्याक्टर दिने गरेको बालक सुशान्तले बताए । उनले भने, “घरमा ट्र्याक्टर थियो, बुबाभन्दा आमाले त छुनै दिनु हुन्नथ्यो, मैले बुबाले चलाएको ट्र्याक्टर हेर्थे अनि लुकिलुकी चलाउन सिकेँ, अहिले त सबै खुशी छन्, काम गर्न पनि ट्र्याक्टर दिन्छन् ।” सुशान्तले ट्र्याक्टरको ट्रली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्याउन थालेपछि घरका मान्छेदेखि अन्य छरछिमेकमा रहेका मानिस पनि चकित परेका छन् ।

सुशान्तले ट्र्याक्टर, कार, मोटरसाइकल सबै चलाउन सक्षम भएका छन् । सानै उमेरमा ट्र्याक्टर, कार, मोटरसाइकल चलाउने सुशान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालक भएको उनका बुबा दीनेशराज पाठकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्