
नेकपा एमालेको उपाध्यक्षलगायत जिम्मेवारीबाट राजीनामा गरेका वामदेव गौतमकी पत्नी तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी हुने भएकी छन् ।
एमाले छाडेर समाजवादी पार्टीमा लाग्ने तयारी गरेकी थापाले भदौ ९ गते सनाखत गर्न पाएकी थिइनन् ।
बुधवार बस्ने एमाले संसदीय दलको बैठकका लागि थापा संसद् भवन नयाँ बानेश्वर पुगेकी छन् । राष्ट्रिय सभामा एमाले सांसद कोमल वलीले सांसद थापा संसदीय दलको बैठकमा सहभागी हुन आएको भन्दै संसद्को ल्होत्से हलमा थापासहित उभिएर फोटो राखेकी छन् ।
आज शुरू हुने संसद्को बैठकमा खेल्ने भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक केहीबेरमा बस्दैछ ।
नेकपा एमाले संसदीय दलको बैठक सुरु हुँदै ! नेता बामदेव गैतमज्युकी जीवन संगिनी माननीय तुलसा थापाज्युका साथमा एउटा फुटु 😍 pic.twitter.com/EHA7cnYrzO
— Komal Oli (@OliKomal) September 8, 2021