२५ जेठ २०८३, सोमबार

एमसीसी अनुमोदनबारे ओली- उनीहरूले ल्याउने स्थिति छैन भने हामी बहसमा किन उत्रिनु पर्‍यो ?

एमसीसी अनुमोदनबारे ओली- उनीहरूले ल्याउने स्थिति छैन भने हामी बहसमा किन उत्रिनु पर्‍यो ?
फाइल तस्वीर।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा संसदमा प्रस्ताव आएपछि गम्भीरतापूर्वक निर्णय लिने बताएका छन् । एमसीसी सम्बन्धमा हतारमा निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताए । 

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमै एमसीसीबारे सहमति नभएकोले विपक्षीले हतार गर्नु नपर्ने बताएका हुन । ‘उनीहरूले संसदमा ल्याउने स्थिति नै छैन भने हामी अहिले किन बहसमा उत्रिनु पर्‍यो ?,’ ओलीले प्रश्न गरे ।

ओलीले देश र जनताको हितविपरीत कुनै पनि निर्णय एमालेले नगर्ने बताए । बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरूले एमसीसी अनुमोदन गर्न नहुने बताएका थिए । गाउँ–गाउँसम्म मतदाता र सर्वसाधारण एमसीसीको विपक्षमा रहेकोले एमसीसी अनुमोदन गर्न नहुने उनीहरूले बताएका थिए । 

एमालेले पार्टीले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदमाथिको कारवाही नगरेसम्म संसदको बैठक चल्न नदिने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्