२७ असार २०८३, शनिबार

महिलाहरूलाई विरोध प्रदर्शनबाट रोक्नका लागि अन्डरग्राउन्डमा कैद गर्‍यो तालिबानले (भिडियो)

भदौ २३, २०७८
महिलाहरूलाई विरोध प्रदर्शनबाट रोक्नका लागि अन्डरग्राउन्डमा कैद गर्‍यो तालिबानले (भिडियो)

अफगानिस्तानको राजधानी काबुलमा विरोध प्रदर्शन रोक्नका लागि तालिबानले महिलाहरूलाई एउटा बैंकको अन्डरग्राउन्ड कार पार्किङ लटमा थुनेर राखेको छ । 

तालिबानविरोधी प्रतिकार समूहका नेताले आश्वासन गरेपछि मंगलवार विरोधकर्ताहरूले काबुलका सडकमा प्रदर्शन गरेका थिए । 

मोबाइल फोनमा खिचिएको भिडियोमा एक महिला अन्डरग्राउन्ड कार पार्कमा देखिन्छिन् । उनले क्यामरा घुमाउँदा अन्य महिला र केही बालबालिका पनि त्यही ठाउँमा भेला भएका देखिन्छन् ।

एकजना पुरुषले चिच्याएको आवाज आएपछि भिडियो हतारहतार बन्द गरिन्छ । 

अफगानिस्तानको तोलो न्युजका समाचारप्रमुख मिराका पोपलले ट्विटरमा उक्त क्लिप शेयर गरेका हुन् । ती महिलालाई काबुलको अजीजी बैंकको अन्डरग्राउन्ड कार पार्किङ लटमा थुनेर राखिएको र विरोध प्रदर्शनमा जान रोकिएको उनले लेखिन् । 

मंगलवार तालिबानविरोधी प्रदर्शनकारीहरूले महिलालाई अधिकार दिनुपर्ने, काम गर्न स्वतन्त्रता हुनुपर्ने र हिँडडुल गर्न दिइनुपर्ने माग राखेका थिए । 

प्रदर्शनकारीहरूले पाकिस्तानविरोधी नारा पनि लगाएका थिए । उसले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्