२९ जेठ २०८३, शुक्रबार
एमालेले ततायो सदन

दोस्रो बैठकमा पनि एमालेको नाराबाजी, सभामुखले भने- मैले संविधान र कानूनको बर्खिलाप गरेको छैन

दोस्रो बैठकमा पनि एमालेको नाराबाजी, सभामुखले भने- मैले संविधान र कानूनको बर्खिलाप गरेको छैन

नेकपा एमालेले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । बुधवार साँझ बसेको दोस्रो बैठकमा पनि एमाले सांसदले वेल घेर्दै नाराबाजी गरेका थिए । 

एमाले सांसदको नाराबाजीका बाबजुद् सभामुख अग्नि सापकोटाले संसदको कार्यसूचीमा प्रवेश गरेर सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम पढेर सुनाए । 

सांसदको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले आफू नियम कानूनअनुसार नै अगाडि बढ्न प्रतिबद्ध रहेको भन्दै सदन चलाउन सहयोग गर्न एमालेसँग आग्रह गरे । 

‘संविधान, नियम र कानूनअनुसार अगाडि बढ्न म प्रतिबद्ध छु, त्यसकारण यो सदन चलाउन सहयोग गर्नुस्,’ सापकोटाले भने, ‘मैले संविधान कानून र नियमावलीको बर्खिलाप गरेको छैन ।’ 

नाराबाजी नरोकिएपछि सापकोटाले फेरि भने, तपाईंहरूको मागबारे  ध्यानाकर्षण भयो, अब संसद चलाउन सहयोग गर्नुस् ।’ 

सांसदले नाराबाजी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने कुर्सीमै बसेर नियमावली रहेका थिए । 

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता पनि संसदमा उपस्थित छन् । 

salt training

कमेन्ट गर्नुहोस्