
नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको भन्दै मोहन विक्रम सिंह नेतृत्वको मसालले विरोध गरेको छ । एमालेले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबारको संसद बैठक अवरुद्ध गरेको थियो ।
तर, मसालले एमालेले पहिलेका १४ जना सांसदहरूको प्रश्न उठाएर संसदलाई अवरोध गर्नु गलत भएको विज्ञप्तिमार्फत जनाएको छ । ‘एमालेको अहिलेको संसदको बैठकलाई अवरोध गर्ने कार्य संसदको २÷२ पल्ट विघटन गरेर संसदलाई असफल पार्ने जुन प्रयत्न गरिएको थियो, त्यही नीतिको नै निरन्तरता हो’, सिंहको भनाइ छ ।
माधव नेपाल पक्षले विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुमा केपी ओली पक्ष नै जिम्मेवार रहेको समेत मसालको भनाइ छ ।
यसैबीच मसालले एमसीसी पारित गर्न नहुने अडान समेत राखेको छ ।