
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले सभापति शेरबहादुर देउवासँग शुक्रवार भेट गरेका छन् ।
पौडेलको नेतृत्वमा महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं केसी, मीनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले देउवालाई भेटेको हो ।
भेटमा उनीहरूले क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न आग्रह गरेका थिए । यस्तै पार्टीको महाधिवेशनमा राज्यको प्रहरी प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण पनि गराएको नेता पौडेलले जानकारी दिए ।