
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदहरूले वेलमा गएर नाराबाजी गरेका थिए ।
‘संसदीय मर्यादा कायम गर’ भन्दै एमाले सांसदहरूले २० मिनेट नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।
एमाले सांसदहरूले माधव नेपाललगायत एमालेले कारवाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराउन नपाइने जिकिर गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको तीनवटा बैठकमा एमालेले नाराबाजी गरेको थियो ।
पार्टीले कारवाहीका लागि सिफारिश गरेका माधव नेपाल लगायत १४ सांसदमाथिको कारवाही सदर नगरेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको थियो ।