काठमाडौं, २ असार– यस वर्षको एसईईको रिजल्ट सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा केही बेर अघि सार्वजनिक भएको हो ।
परीक्षा बोर्डले चैतमा सञ्चालन भएको परीक्षा अन्तर्गत नियमित तथा एक्जाम्टेड धारतर्फ ४ लाख ८३ हजार ९ सय ६७ जना परीक्षार्थीहरुले आवेदन फारम भरेकोमा ११ हजार ८ सय २५ परीक्षार्थी परीक्षामा सामेल हुन अयोग्य भएको तथा १० हजार ६ जना अनुपस्थित भएकोले जम्मा ४ लाख ६२ हजार १ सय ३६ जना परीक्षार्थी परीक्षामा संलग्न भएका थिए । जस अनुसार ए प्लमा १२ हजार २ सय ८४ जनाले ग्रेड ल्याएका छन् ।