३० असार २०८३, मंगलबार

पाद रोक्नु स्वास्थ्यका लागि हानिकारक !

भदौ २६, २०७८
पाद रोक्नु स्वास्थ्यका लागि हानिकारक !

सार्वजनिक ठाउँमा मान्छेका सामुन्ने अपानवायु (पाद) छाड्नु राम्रो मानिँदैन । कसैले पाद छाडेमा गन्हाएर बसिनसक्नु हुन्छ ।

तर पाद रोकेर राख्नु पनि स्वास्थ्यका लागि हानिकारक मानिएको छ ।

एनएचएस सर्जन डा. करण राजनले पाद रोकेर राख्दा रक्त प्रवाहमा प्रवेश गरेर खतरनाक अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘यदि तपाईं धेरै लामो समयसम्म पाद रोकेर राख्नुहुन्छ भने यो तपाईंको रक्तप्रवाहमा फेरि अवशोषित हुनसक्छ र श्वास छाड्दा उसैसँग बाहिर आउनसक्छ ।’

डा. करणका अनुसार मान्छेले दैनिक औसत १४ पटक पाद छाड्छन् । जति धेरैपल्ट पाद छाड्यो स्वास्थ्यका लागि त्यति राम्रो हुने उनले बताए । पाद छाडेमा शरीरमा ग्यासको निर्माण रोकिन्छ ।

डा. करणले भने, ‘यदि कसैले पाद आउँदैन भन्यो भने त्यो झूट बोलिरहेको छ । कि त त्यो व्यक्तिमा स्वास्थ्य समस्या हुनुपर्छ र उपचार गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्