मुगु, २ असार– मुगुको सोरु गाउँपालिका वडानम्बर ६ काका अध्यक्ष मन प्रसाद भट्टमाथि सांघातिक आक्रमण भएको छ ।
वडाध्यक्ष भट्टमाथि हिजो (बिहीबार) राति आक्रमण भएको हो । आक्रमण गर्नेहरु माओवादी केन्द्र कार्यकर्ता रहेको बुझिएको छ ।
वडाध्यक्ष भट्टको टाउमा ढुङ्गा र हसियाले प्रहार गरिएको छ । आक्रमणबाट घाइते भएका भट्टलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको जनाइएको छ ।
आक्रमकारी नवराज भट्ट र एक जना अर्का माओबादी कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।