१६ असार २०८३, मंगलबार

गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरूको आग्रह

गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरूको आग्रह

नेपाली कम्युनिस्ट नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । 

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको स्रोत भएकोले उनको रिहाइ गर्नुपर्ने बताए । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करीब ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राखे । 

उनले गोञ्जालोको रिहाइको लागि आइतवार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिए । 

विभाग इन्चार्ज बास्तोलाले नेपाल–भारत लगायत विश्वका क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन एमसीसी ल्याइएको भन्दै त्यसलाई रोक्न सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । 

कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरूको र सर्वहारा क्रान्तिको हिरो भएकोले उनको तत्काल रिहाइ हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्