
काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको छ । कागेश्वरी मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ स्थानीयले घरमै तयार पारेको करिब एक हजार ५०० फलफूल र विभिन्न जातका रुखका हुर्केका बिरुवा रोपिएको हो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुँयालले कागेश्वर महादेव मन्दिर धामका रूपमा स्थापित गर्न एक दशकअघि देखि अभियान चलाउँदै आएका छन् ।