
पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको अहिले चर्चा चुलिएको छ ।
पोर्नोग्राफी केसमा धेरै बलिउड कलाकर्मी तथा अभिनेत्रीहरू जोडिएको रहस्य खुल्दै गएको छ ।
सोही प्रसंगमा पछिल्लो पटक जोडिएकी छिन् मोडल गहना वशिष्ट ।
गहनालो केही न्यूड फोटो सुट गराएकी छिन् । ती फोटाहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहरेको छ ।
कतिले यो फोटो सुट पनि राज कुन्द्राले नै गराएको टिप्पणी गरेका छन् ।

तर, गहना न्युड फोटो सुट कसैको करकापमा नभएर आफ्नै रहरमा गरेको दावी गरेकी छिन् ।
इन्स्टाग्राम अकाउन्टमा शेयर गरिएको यी फोटाहरूको क्याप्सन लेख्दै उनले रहरै रहरमा न्यूड तस्वीर खिचाएको बताएकी छिन् ।
उनले भनेकी छिन्,‘यो फोटो फुट मैले आफ्नै मर्जीले गराएको हुँ । फोटो सुट गर्दा म पुरै होसमा थिए । एक गिलास जुस पनि पिएकी छैन । न त कुनै ड्रग्स लिएकी छु । न त मेरो यौन शोषण भयो ।’