
काठमाडौं, २ असार — रुसको रक्षा मन्त्रालयले आफ्नो एक हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) का नेता मारिएको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

सिरियामा भएको हवाई आक्रमणमा अबु बक्र अल–बगदादी र ३३० सम्म लडाकु जेठ १४ गते मारिएको मन्त्रालयले बताए ।
आक्रमणले आईएसको वस्तुगत राजधानी रक्कामा जम्मा भएको उनीहरूको सैन्य परिषद्को बैठकलाई लक्षित गरेको मन्त्रालयले बतायो ।
बग्दादीको मृत्युको खबर यसअघि पनि आउने गरेका थिए ।
तर आईएस नेतालाई मारेको दाबी रुसले पहिलोचोटि गरेको हो । अन्य मिडिया रिपोर्टमा उनी अमेरिका नेतृत्वको गठबन्धनको हवाई आक्रमणमा मारिएको बताइएको थियो ।
अमेरिकाले यो खबरको पुष्टि वा यसलाई खारेज दुवै गर्न नसक्ने कर्नेल जोन डोरियनले बताए ।
सिरिया सरकारले यसमाथि आधिकारिक टिप्पणी गरेको छैन ।
बीबीसीबाट