२६ असार २०८३, शुक्रबार

गोर्खाल्यान्ड आन्दोलन चर्कियो, आगजनीका घटनामा वृद्धि

कात्तिक २०, २०७४
गोर्खाल्यान्ड आन्दोलन चर्कियो, आगजनीका घटनामा वृद्धि

काठमाडौं, २ जेठ — भारतको पश्चिम बंगालको दार्जीलिङमा गोर्खा जनमुक्ति सेनाका प्रमुख विमल गुरुङको कार्यालयमा बिहीवार अर्धसैनिक बलले छापा मारेको विरोधस्वरूप गोजमोका कार्यकर्ताले विरोध गरेका छन् ।


विरोधका क्रममा सरकारी सम्पत्तिमाथि आगजनी गरिएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिनका लागि केन्द्रीय सरकारले थप ४०० अर्धसैनिक बल दार्जीलिङ पठाएको छ ।

रिपोर्टमा आएअनुसार गोर्खाल्यान्ड समर्थकहरूले दुईवटा सरकारी बस, मिडियाको एक वाहन, एक प्रहरी चौकी तथा एक सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

बिहीवार प्रदर्शनकारीहरूले मिरिकमा दुईवटा पञ्चायत कार्यालय, लोधामामा एक बिजुली स्टेसन, कालिम्पोङमा वन विभागको कार्यालय तथा अन्य दुई ठाउँमा आगजनी गरेका थिए ।

सेनाको ६ र अर्धसैनिक बलको १० समूहका साथसाथै राज्यका सशस्त्र बलहरू तैनाथ रहेपनि यहाँको वातावरण अशान्त तथा तनावग्रस्त छ ।

नेपालीभाषीहरूमाथि बंगाली भाषा लाद्न खोजेको भन्दै विरोध शुरु भएकोमा अहिले छुट्टै गोर्खाल्यान्ड राज्यको माग गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्