२९ असार २०८३, सोमबार

अमेरिकामा सेप्टेम्बर ११ को स्मारकमा लेखियो तालिबान

भदौ २९, २०७८
अमेरिकामा सेप्टेम्बर ११ को स्मारकमा लेखियो तालिबान

अमेरिकाको साउथ क्यारोलाइनामा सेप्टेम्बर ११ को स्मरणदिवसको अवसरमा बनाइएको स्मारकमा अज्ञात व्यक्तिहरूले बदमासी गरेका छन् । 

उनीहरूले स्प्रे प्रयोग गरेर स्मारकमा तालिबान लेखेका छन् । 

उक्त स्मारक नजिक लगभग एक हजारवटा अमेरिकी झण्डा राखिएका थिए । दुईवटा टावर पनि बनाइएको थियो । मानिसहरूले श्रद्धाञ्जलि पनि दिइरहेका थिए । 

तर बदमासहरूले स्प्रे गरेर तालिबान लेखिदिए । 

सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले अलकायदा प्रमुख ओसामा बिन लादेन बसेको ठाउँ अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत गरेको थियो । तर २० वर्षपछि अहिले तालिबान पुनः सत्तामा आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्