२८ जेठ २०८३, बिहीबार

सुत्नुअघि कहिल्यै यी गल्ती नगर्नुस्, नत्र ...

कात्तिक २०, २०७४
सुत्नुअघि कहिल्यै यी गल्ती नगर्नुस्, नत्र ...

काठमाडौं— स्वास्थ्य राम्रो राख्नका लागि भरपूर निद्रा लिनु जरूरी हुन्छ । दिनभरि काम गरेपछि रातमा पूरा निद्रा लिँदा थकान भाग्छ अनि शरीर चुस्त हुन्छ । तर केही व्यक्तिलाई राति राम्रो निद्रा लाग्दैन । यसका पछाडि धेरै कारण हुनसक्छन् । निद्रा नआउनुमा यी गलत बानी पनि कारण हुन सक्छन् ।

sleep

मोबाइल प्रयोग
केही मान्छे सुत्नेबेलामा मोबाइलमा झुण्डिरहेका हुन्छन् । यसले निद्रा बिगारिदिन्छ । भरपूर निद्रा चाहनुुहन्छ भने सुत्नुअघि मोबाइल त्याग्नुस् ।

काम गर्ने
सुत्नुअघि पनि काममा व्यस्त रहनुभयो भने राम्रो निद्रा पर्दैन । सुत्दाखेरी दिमागलाई फ्री राख्नुस् ।

चिया कफी
राति चिया कफी पिउँदा राम्रो निद्रा लाग्दैन । विशेषगरी कफीमा विद्यमान क्याफिनले निद्रा गायब बनाइदिन्छ ।

समयमा सुत्ने
राति समयमै सुत्ने र बिहान समयमा उठ्ने बानी बसाउनुस् । यसो गर्दा पूर्ण निद्रा पाउनुुहुन्छ ।

राम्रो नसुत्दा मुटुरोग, मधुमेह जस्ता गम्भीर रोग पनि लाग्न सक्छन् । त्यसैले निद्रामा खेलवाड नगर्नुहोला ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्