थपियो गैँडाकोट,हाकिमचौक भरतपुर, र पर्सा बजारमा  मञ्जुश्री फाइनान्सको शाखा

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सा बजार शाखाको कारोबार शुभारम्भ गरेको छ ।


Advertisement

फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरूले शाखा कार्यालयको उद्घाटन गरे ।


Advertisement

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ  ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्