२८ जेठ २०८३, बिहीबार

सरकारले चुनाव सार्दा पनि राजपा सहमतिमा आएन, आन्दोलनलाई निरन्तरता दिने निर्णय

कात्तिक २०, २०७४
सरकारले चुनाव सार्दा पनि राजपा सहमतिमा आएन, आन्दोलनलाई निरन्तरता दिने निर्णय

काठमाडौँ, २ असार - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ ।Rajapa ,,

बिजुलीबजारमा आज बसेको राजपाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

सरकारले राजपासँग गरेको सम्झौता विपरीत एकतर्फी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले राजपाको आग्रहअनुसार निर्वाचनमा उम्मेदवार मनोनयनको दर्ताको मिति असार ४ गते सार्ने निर्णय गरेको थियो । प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते हुँदैछ । राजपालाई मनाउन प्रदेश नम्बर २ को निर्वाचन भने आगामी असोज २ गते गर्ने प्रस्ताव गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्