२१ जेठ २०८३, बिहीबार

अपहरण काण्डमा पक्राउ परेका चारजना पुर्पक्षका लागि जेल चलान

कात्तिक २०, २०७४
अपहरण काण्डमा पक्राउ परेका चारजना पुर्पक्षका लागि जेल चलान
झापा, २ असार - झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै रु १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना आज पुर्पक्षका लागि जेल चलान भएका छन् ।jail

जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । उनका अनुसार पक्राउ परेका मध्ये उत्तम कोइराला रु एक लाख धरौटी र रुद्र सापकोटा रु तीन लाख धरौटीमा छुटेका छन् ।

पुर्पक्षका लागि जेल चलान भएका मध्ये भूपू कान्छा नामले परिचित भूपू राई मेची नगरपालिका–६ निवासी हुन् । त्यस्तै, भद्रपुर–७ का तेजेन्द्र न्यौपाने जिल्ला प्रशासन कार्यालय झापाका खरिदार हुन् । भद्रपुरकै प्रेम न्यौपाने न्यौपाने स्टोरका सञ्चालक हुन् । राजु कुँवर मेचीनगरपालिका–४ का स्थायी बासिन्दा हुन् ।

यता, धरौटीमा रिहा भएका मध्ये रुद्र सापकोटा नापी कार्यालय झापाका खरिदार पदमा कार्यरत थिए । गत १२ माघ गते आफूलाई अपहरण गरी बन्धक बनाएर हतियार तेस्र्याउँदै जग्गाको किनबेचसम्बन्धी कागजातमा जबर्जस्ती सही छाप गराएको भन्दै झापा शनिश्चरेका विष्टले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विष्टको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्