
काठमाडौंको छाउनीबाट स्वचालित पेस्तोलसहित १ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका–३ बस्ने २४ वर्षीय सोनाम तामाङलाई मेड इन जर्मनी लेखेको स्वचालित पेस्तोल, ५ राउन्ड गोलीसहित १ म्याग्जिन र बा४९प ७५६५ नम्बरको साइन मोटरसाइकलसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।