१६ असार २०८३, मंगलबार

स्थानीय तहको निर्वाचन गराउनुपर्दछ : नेता पासवान

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचन गराउनुपर्दछ : नेता पासवान
पर्सा, १५ पुस - नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवानले स्थानीय तहको सट्टा स्थानीय निकायको निर्वाचन गराए प्राप्त उपलब्धि पनि गुमिने खतरा रहेको बताउनुभएको छ । 

नयाँ शक्ति पार्टीले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सविधानको भावना अनुसार स्थानीय तहको निर्वाचन गराए मात्र मुलुक अग्रगमनतर्फ जाने विश्वास व्यक्त गर्नुभयो ।

सो पार्टीका प्रदेश नम्बर –२ का प्रमुख समेत रहनुभएका नेता पासवानले स्थानीय निकायको निर्वाचन गर्नु भनेको काँग्रेस, माओवादी केन्द्र र एमालले मुलुकलाई २०४७ सालकै संविधानतर्फ फर्काउन खोजेको आरोप लगाउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

संविधान संशोधन नभए निर्वाचनको वातावरण निर्माण हुन नसक्ने र संविधान कार्यान्वयनमासमेत जटिलता थपिने भएकाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्