काठमाडौं, ३ असार– काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडानम्बर १ रुप्सेटारस्थित एक गाई फर्ममा आगलागी हुँदा आगोमा जले ५२ मरेका छन् । यस्तै अन्य ६८ वटा गाई, बाच्छाबाच्छी घाइते बनेका छन् ।
रुप्सेटारमा रहेको ओम कृषि फार्ममा शनिबार बिहान अचानक आगो लागेको थियो । उक्त फार्मममा ७५ वटा दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १ सय २२ वटा गाई थिए ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको घाटा भएको फार्म सञ्चालक बाबुराम कार्कीले बताए । उक्त फार्मबाट दैनिक १ हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।

आगलागीमा जलेर घाइते बनेका गाईको पशु चिकित्सकहरुले उपचार गरिरहेका जनाइएको छ । आगलागीको कारण अझै पत्ता लागेको छैन ।