२५ असार २०८३, बिहीबार

‘लगानीको आयस्रोत नखोजिने’ प्रस्ताव फिर्ता लिन अर्थमन्त्री शर्मासँग माग

असोज ४, २०७८
‘लगानीको आयस्रोत नखोजिने’ प्रस्ताव फिर्ता लिन अर्थमन्त्री शर्मासँग माग

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरिएको आर्थिक आयकर ऐन २०५८ संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था ऐनमा नराख्न सो संस्थाले सोमवार विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
 
ऐनको प्रस्तावित संशोधन व्यवस्थाले गैरकानूनीरूपमा मुलुकभित्र वा बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तिहरूबाट भ्रष्टाचार वा कर छली गरी लुकाइएको कालो धनलाई वैध बनाउन सहयोग पुग्ने आशय व्यक्त गर्दै विज्ञप्तिमा सो प्रस्ताव स्वीकृत नगर्न आग्रह गरिएको छ ।

ऐनमा यस्तो प्रस्ताव राख्दा भ्रष्टाचारलाई प्रश्रय पुग्ने, कर छली बढ्ने र कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्