जेठ ९, २०७९
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...
काठमाडाैं | असोज ४, २०७८
बुहारीमाथि विश्वास नगर्ने सासु–ससुराले नाति जन्मिनेबित्तिकै डीएनए परीक्षण गराएको घटना अमेरिकामा सार्वजनिक भएको छ ।
सामाजिक सञ्जाल रेडिटमार्फत सार्वजनिक भएको घटनाका आधारमा मिररले लेखेको रिपोर्टमा सुटुक्क डीएनए जाँच गरिएको उल्लेख छ ।
नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भनेका छन्, ‘मैले आफ्नी पत्नी सोन्यासँग एउटा रेस्टुरेन्टमा भेटेको थिएँ । उनी त्यहाँ वेट्रेस थिइन् । आखिरमा हामीबीच प्रेम भयो । मैले उनलाई आमाबुवासँग भेटाए तर आमाबुवाले मन पराएनन् ।’
उनले अगाडि भनेका छन्, ‘मैले विवाह गर्ने जिद्दी गरेपछि आमाबुवा हामीबाट टाढा गए । मैले भाइ र सोन्याका साथीलाई साक्षी राखेर बिहे गर्नुपर्यो ।’
बिहेको १ वर्षपछि बच्चा जन्मिँदा टाढा गएका आमाबुवा फेरि सम्पर्कमा आएका ती व्यक्तिले बताए । ‘बच्चाका हजुरबुवा–हजुरआमा दिनदिनै भेट्न थाले । सम्पर्कमा रहन थाले,’ उनले भने । बच्चाको नाम गैरेथ राखियो ।
नवजात नातिसँग कुरा गर्दै हजुरबुवाले ‘तिमी साच्चिकै मेरै नाति पुष्टि भएकोमा धेरै खुशी छु’ भनेको ती व्यक्तिले सुने । त्यसपछि उनले आफ्नी आमालाई अर्थ सोधे ।
त्यसपछि बुहारीमाथि शंका भएकाले बच्चाको डीएनए जाँच गरिएको रहस्य खुल्यो । आक्रोशित भएका बच्चाका बुवाले बच्चालाई माग्दै नातिबाट टाढा जान आग्रह गरे । डीएनए परीक्षणको घटनाले परिवारमा हंगामा मच्चियो ।
ती व्यक्तिले भनेका छन्, ‘बच्चाको अनुहार पनि आफ्नो परिवारसँग नमिलेपछि झन् शंका गरिएको रहेछ । तर अनावश्यक शंका गरेर डीएनए नै परीक्षण गर्नु उचित थिएन ।’
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...
रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ । मेयर आन्द्रे शेव्चिक र उनका अं...
अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्याएको छ । अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डिय...
बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् । युक्रेन युद्धमा...
पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ । दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्य...
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् । कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । ...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...