
ईलाका प्रहरी कार्यालय डकाहाको टोलीले मंगलवार भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ ।
घर तथा गोठमा भरुवा बन्दुक लुकाइछिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई घरैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन् । जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।