२८ जेठ २०८३, बिहीबार

आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदनको माग गर्दै प्रदर्शन

आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदनको माग गर्दै प्रदर्शन

आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा मंगलवार प्रदर्शन गरिएको छ । 

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो । 

यस्तै आणविक अस्त्रको विकास, परीक्षण, उत्पादनरनिर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । 

प्रदर्शनमा शान्तिवादीहरूले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चर्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । 

प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठूलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरू अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।

यस्तै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत दर्जन बढी शाखाहरूले पनि प्रदर्शन गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्